काठमाडौं, १ पुस ।
मंगलबार बसेको संवैधानिक परिषदको बैठकले विभिन्न पदमा नियुक्ति गरेको छ । नियुक्तिको विवरण भने गोप्य राखिएको छ ।
अध्यादेशमार्फत संवैधानिक परिषद् ऐन संशोधन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलुका बैठक राखेका थिए । राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायधीश सहभागी सो बैठकले विभिन्न आयोगमा नियुक्तिको निर्णय गरेको स्रोत बताउँछ ।
नाम हेरफेर समेत हुनसक्ने भएकाले नियुक्त भएका व्यक्तिहरुको विवरण गोप्य राखिएको छ ।
सहमति नभई नियुक्ति भएमा संसदीय सुनुवाईबाट अस्वीकृत हुने सम्भावना भएकाले प्रधानमन्त्री केपी शर्मा ओली झस्किएको स्रोत बताउँछ । समितिमा अोली निकट दुई सांसद मात्र छन् । समितिको दुई तिहाईले सिफारिस अस्वीकृत गर्न सक्छ ।