Logo
Logo

लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं । लिखु खोला हाइड्रोपावर कम्पनीको जारी पूँजी तीन अर्ब बाह्र करोड पचास लाख पूँजीमध्ये २० प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२ लाख ५० हजार कित्ता शेयर प्रतिकित्ता रु. १०० अंकित दरले शेयरको मूल्य रु. ६२ करोड ५० लाखको शेयर प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको छ ।

शेयर प्रत्याभुती कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्र्चको तर्फबाट अनिल अग्रवालले मंसिर ३० गते सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । रामेछाप र ओखलढुंगा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट विद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भइसकेको कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्