Logo
Logo

अध्यादेश अझै किन फिर्ता लिएनन् ओलीले ?


- दृष्टि न्युज/संवाददाता

693
Shares

काठमाडौं, ३ पुस ।
बिहीबारको मन्त्रिपरिषद् बैठकमा संवैधानिक परिषदसम्बन्धि अध्यादेश फिर्ता लिने बताइएपनि त्यसबारे निर्णय भएन । प्रधानमन्त्री केपी शर्मा ओली अझै अध्यादेश फिर्ता लिन चाहेका छैनन् ।

बिहीबार प्रचण्डसँगको भेटमा ओलीले राष्ट्रपति कार्यालयसँग परामर्श लिएर मात्र अध्यादेश फिर्ता लिने बताएका थिए । प्रचण्डले तत्काल फिर्ता लिनुपर्ने बताए ।
बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति भएको थियो । तर, ओली अझै त्यही अध्यादेशका आधारमा नियुक्ति गर्ने तयारीमा रहेको स्रोत बताउँछ । शेरबहादुर देउवा बैठकमा नआउने भएपछि बरु प्रचण्ड र माधव नेपाल पक्षको सहमति लिएर संवैधानिक निकायमा नियुक्ति गर्ने उनको तयारी छ । आयोगहरुमा प्रचण्ड र माधव नेपालमा मान्छेहरु नियुक्ति गर्न उनले नाम मागेको बताइन्छ । त्यहीकारण अध्यादेश फिर्तामा ढिलाई भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्