Logo
Logo

मनाङमा फेरि देखियो कोरोना कोरोना


- दृष्टि न्युज/संवाददाता

63
Shares

मनाङ, ३ पुस । देशैभरि कोरोना संक्रमण फैलिएको बेला मनाङमा संक्रमितको शून्य थियो । देशभर अहिले संक्रमितको संख्या घट्दो छ । तर, यसै अवस्थामा मनाङमा शुक्रबार कोरोना संक्रमण देखिएको छ ।
जिल्लामा संक्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ । हालसम्म मनाङमा २८२ जनाको स्वाब सङ्कलन भएकामा १० जनाको कोरोना पोजेटिभ देखिएको जिल्ला स्वस्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार ९ जना संक्रमित निको भएसँगै मनाङ शून्य रहेको थियो । शून्य भएको धेरै दिनपछि शुक्रबार एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसीँशहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो । उहाँको उपचारकै क्रममा लमजुङबाट नै स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको र शुक्रबार संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ । उनको थप उपचारका लागि काठमाडौँ लगिएको स्रोतले जनाएको छ ।
हालसम्म अधिकांश बाहिरी जिल्लाबाट यस जिल्लामा कार्यरत कर्मचारीमा संक्रमण देखिए पनि पछिल्लो समयमा भने स्थानीयवासीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले मनाङ जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार नासो गउँपालिकाका दुई र चामे गाउँपालिकामा एक स्थानीय सङ्क्रमित पुष्टि भएको र दुई जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्