काठमाडौं, ३ पुस।
पार्टीभित्र विवाद चलिरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश १ को पार्टी भेला आयोजना गरेका छन् । भेलामा प्रदेश–१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएका छन्। प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई समेत भेलामा बोलाइएको छ ।
पेरिस डाँडामा आयोजित भेलामा प्रदेश १ का प्रचण्ड नेपाल पक्षका निकट जिल्ला अध्यक्ष र सचिवहरु मात्र सहभागी भएका छन्। पार्टीभित्रको वर्तमान परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको बताइएको छ । अपरान्ह १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेश गौतम र नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
यसअघि प्रचण्डले ओलीलाई विभिन्न आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेका थिए । जून जिल्ला जिल्लामा पठाइएको छ । विवाद बढेयता नै प्रचण्ड नेपाल पक्षको भेला बढेको छ । दुई साताअघि बिद्यार्थी भेला भएको थियो ।