Logo
Logo

गृहका १८ जना सहसचिव/उपसचिवको सरुवा, सिडिओको हेरफेर


- दृष्टि न्युज/संवाददाता

2.1k
Shares

काठमाडौं, ३ पुस ।
गृह मन्त्रालयले शुक्राबर १८ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । सरुवामा ११ जिल्लाका सिडिओ हेरफेर भएका छन् ।
गृहमन्त्रीस्तरबाट सिडिओ सरुवाको निर्णय भएको हो । चलखेलका आधारमा सरुवा भएको मन्त्रालय स्रोत बताउँछ । जस कारण अनुभव नै नभएकाहरुलाई समेत सिडिओ बनाएर पठाइएको छ ।

यस्तो छ सरुवा सूचीः
ढुन्डी प्रसाद निरौला–ललितपुर
केशब प्रसाद विमली–महोत्तरी
वासुदेव दाहाल–धनकुटा
रुद्रादेवी शर्मा–गुल्मी
अर्जुन कुमार शर्मा–रामेछाप
कृष्ण प्रसाद भण्डारी–भोजपुर
माधव प्रसाद ढकाल–डोल्पा
कृष्ण प्रसाद निरौला–सिराहा
मित्रलाल शर्मा–खोटाङ
चन्द्रप्रसाद शिवाकोटी–मुगु
पुण्य प्रसाद ढकाल–पाँचथर
जयराज भण्डारी–तेह्रथुम

 

प्रतिक्रिया दिनुहोस्