काठमाडौं, ५ पुस ।
संसद बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको पार्टीभित्रैबाट कडा आलोचना भएको छ । पार्टीका नेता झलनाथ खनालले सो सिफारिसको प्रस्ताव फिर्ता नलिए ओलीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
‘प्रधानमन्त्रीले यसो गर्नु संविधानको मर्म र भावनाविपरीत होे’ उनले भने,‘प्रस्ताव फिर्ता भएन भने प्रधानमन्त्रीमाथि पार्टीले कठोर निर्णय लिन्छ ।’