काठमाडौं, ५ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २३ गते निर्वाचन गर्ने तयारी गरेका छन् । संसद बिघटन गरेर सरकारले मध्यावधि निर्वाचन गर्न लागेको हो ।
बालुवाटार उच्च स्रोतका अनुसार बैशाख २३ गतेका लागि प्रस्ताव गरिएको छ तर घोषणा अझै भइसकेको छैन । मिति हेरफेर हुने सम्भावना समेत रहेको स्रोत बताउँछ ।