काठमाडौं, ६ पुस ।
गोप्य रुपमा संवैधानिक निकायहरुमा गरिएको नियुक्तिमा नेपाली कांग्रेसँग भागबन्डा भएको खुलेको छ । ओलीले ४५ वटा पदमा नियुक्तिको सिफारिस गरेकोमा १६ पदमा कांग्रेसलाई कोटा दिइएको छ ।
अख्तियारको आयुक्तमा नियुक्त भएका जयबहादुर चन्द देउवाको कोटामा परेका हुन् । त्यस्तै आयुक्तमै नियुक्त भएका किशोर सिलवाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सिफारिसमा परेको स्रोत बताउँछ । सिलवाल उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन् ।