काठमाडौं, ६ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट सांसदहरुको भेला बालुवाटारमा बोलाएका छन् । भेलामा पूर्व माओवादीका केही नेताहरु समेत सहभागी भएका छन् ।
उद्योगमन्त्री रहेका लेखराज भट्ट भेलामा सहभागी भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादल भने सहभागी भएका छैनन् । उनले आफ्नो निवासमा आफु निकट नेताहरुसँग छलफल गरिरहेका छन् ।
अबको रणनीति तय गर्न ओलीले आफु निकट नेताहरुलाई बालुवाटार बोलाएर ब्रिफिङ सुनुवाई सुझाव लिन लागेका हुन् । सांसद बिघटन गरेपनि पार्टी समेत फुट्ने भएकाले ओलीले त्यसको तयारी गरेका हुन् ।
ओली निकट सांसद रहेका कृष्ण प्रसाद दाहाल लगायत पनि भेलामा उपस्थित भएका छैनन् । पूर्व माओवादीतर्फका लेखराज भट्ट र छक्कवहादुर लामा बैठकमा सहभागी छन् ।