काठमाडौं, ७ पुस ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले २०७८ को मंसिर २ गते महाधिवेशन गर्ने घोषणा गरेको छ । बालुवाटारमा बसेको बैठकले महाधिवेशनको घोषणा गरेको हो ।
बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको हो । पार्टीमा बहुमत दाबी गर्न एकपक्षीय रुपमा केन्द्रीय सदस्य थपिएको हो ।
नयाँ केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा बुझाइएको छ ।