काठमाडौं, ७ पुस ।
नेकपाको ओली पक्षले बुधबार सातै प्रदेशमा बुधबार भेला गर्ने भएको छ । आगामी चुनाव र महाधिवेशनलाई लक्षित गरी भेला गर्न लागिएको छ ।
सबै जसो प्रदेशमा ओली पक्ष अल्पमतमा छ । जसकारण प्रदेश सरकार ढल्ने सम्भावना समेत छ ।
ओली निकट केन्द्रीय सदस्यले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ । २०७८ को मंसिर २ गते महाधिबेशन घोषणा समेत भएको छ ।
बैठकले एकपक्षीय रुपमा पार्टी बिधान संशोधन गरी एक अध्यक्षले मात्र पनि बैठक बोलाउन सक्ने प्रावधान राखेको छ । जसरी हुन्छ नेकपा कब्वजा गर्ने अभियानमा ओली समूह लागेको छ । उता प्रचण्ड–माधव नेपाल पक्षको बैठक बबरमहलको पार्टी प्यालेजमा जारी छ ।