काठमाडौं, ७ पुस ।
नेकपाको प्रचण्ड–माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ ।
साथै बैठकले महासचिवको जिम्मेवारी पनि नयाँ नेतालाई दिने तयारी गरेको छ । बादल र वामदेव अनिर्णित भएकाले यसबारे आजै निर्णय नहुन पनि सक्ने एक नेताले बताए । बैठकमा २ सय भन्दा धेरै केन्द्रीय सदस्य छन् ।
ओली पक्षले एकलौटी रुपमा केन्द्रीय समिति विस्तार गरी महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ ।