काठमाडौं, ८ पुस ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) फुटेपछि प्रचण्ड र माधव नेपाल समूहले आफ्नो आधिकारीकता दाबी गर्न आज निर्वाचन आयोगमा बैठकका निर्णय दिने भएको छ । मंगलबार बसेको केन्द्रीय कमिटीको बैठक आधिकारीक भएको भन्दै त्यसको जानकारी गराउन लागिएको छ ।
सो बैठकमा ४४१ मध्ये ३ सय भन्दा धेरै केन्द्रीय सदस्य उपस्थित थिए । जसकारण आफ्नो बैठक आधिकारीक भएको दाबी गर्न लागिएको छ ।
बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । पार्टीमा दुवै अध्यक्षको समान हैसियत हुने र दुवै कार्यकारी हुने एक नेताले जानकारी गराए ।