काठमाडौं । २०७७ पुस ६ गते सम्पन्न नबिल बैंक लिमिटेडको संचालक समितिको ५५२औं बैठकले यस बैंकको आव २०७६/७७ को मुनाफामध्येबाट शेयरधनी महानुभावलाई करसहितको कुल ३५.२६ प्रतिशत लाभांश (३३.५प्रतिशत बोनश शेयर अर्थात् १०० कित्ता बराबर ३३.५ कित्ता तथा कर प्रयोजनको निमित्त १.७६ प्रतिशत नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात् आवश्यक प्रक्रिया पुरा गरी बैंकका शेयरधनी महानुभावहरूलाई वितरण गरिनेछ ।
बैंकले आव २०७६÷७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रतिशेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३८ अर्ब पु¥याएको छ । बैंकको संचालन मुनाफा रु. ५ अर्ब ९ करोड रहेको छ । आ.व. २०७५/७६ मा वित्तीय क्षेञबाट ठूला करदाताहरु मध्ये सबै भन्दा बढी आयकर बुझाउन सफल बैंकको रुपमा नबिल बैंक स्थापित भएको छ । यस बैंकले आधुनिकीकरणलाई आत्मसाथ गर्दै डिजीबैंकको अवधारणालाई समेत अवलम्बन गरेको छ ।
नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसँगसँगै अघि बढ्ने विश्वास राखेको छ ।