काठमाडौं, ८ पुस ।
नेकपाको प्रचण्ड र माधव पक्षको संसदीय दलको बैठक बानेश्वरमा सुरु भएको छ । संविधानसभा भवनको हलमा बैठक सुरु भएको हो ।
बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गर्ने छ ।
उता मंगलबारको केन्द्रीय कमिटीको बैठकको निर्णय सो पक्षले निर्वाचन आयोगलाई जानकारी गराएको छ । बैठकले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।
ओलीलाई हटाएर माधव कुमार नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय बैठकले गरेको थियो ।