काठमाडौं, ७ पुस ।
नेकपाको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । बानेश्वरमा बसेको संसदीय भेलाले उनलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
प्रचण्ड र माधव नेपाल पक्षको बैठकले ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलबाट हटाउने निर्णय मंगलबार गरेको थियो ।