काठमाडौं, ९ पुस ।
प्रचण्ड–माधव नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ । आज बस्ने लागेको सो समूहको केन्द्रीय समिति बैठकले पाण्डेलाई बनाउने तयारी गरेको हो ।
यद्यपी महासचिवको प्रतिस्पर्धामा अन्य नेताहरु छन् । बैठकमा अन्य एजेन्डाहरु समेत रहेको स्रोत बताउँछ । प्रचण्ड–माधव नेपालको समूहमा साविकका ४४१ मध्ये तीन सय भन्दा धेरै केन्द्रीय सदस्य छन् ।