Logo
Logo

प्रचण्ड–माधव नेपाल पक्षका तीन मन्त्रीले दिए राजिनामा


- दृष्टि न्युज/संवाददाता

2.3k
Shares

काठमाडौं, १० पुस ।
नेकपाभित्र बढेको विवादपछि बागमती प्रदेश सरकार पनि ढल्ने भएको छ । प्रदेशका तीन मन्त्रीले राजिनामा दिएका छन् ।
प्रचण्ड–माधव नेपाल पक्षका आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र वनमन्त्री अरुण नेपालले राजिनामा दिएका हुन् ।


प्रचण्ड नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव समेत दर्ता गरिसकेका छन् । अब बागमती प्रदेशमा नयाँ सरकार बन्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि बढेको विवादपछि प्रदेश सरकारहरुमा पनि हेरफेर हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्