काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई काठमाण्डौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यूआरकोडमार्पmत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालेसमेत उपभोग गर्न सक्नेछन् । यो क्यूआरकोड सेवा प्रभु बैंक र आइडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौँ उपत्यकामा महिला सवारी चालकहरुद्वारा सञ्चालन हुने सफा टेम्पोमा उपलब्ध हुनेछ ।
महिला सवारी चालकद्वारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंकको क्यूआरकोड राखिएको छ । टेम्पुमा यात्रा गर्ने यात्रुले आप्mनो मोबाइलबाट क्यूआरकोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यो क्यूआरकोड सेवाबाट यात्रु महानुभाव भाडा भुक्तानी गर्नका लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन् । यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।