Logo
Logo

नौ एसएसपी डिआइजी बढुवामा सिफारिस, जुनियरहरुको चलखेल चलेन


- दृष्टि न्युज/संवाददाता

113.8k
Shares

काठमाडौं , १२ पुस ।
नेपाल प्रहरीका नौ जना एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ । गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा बसेको बैठकले सिनियर एसएसपीको बढुवा सिफारिस गरेको हो ।

गणेश ऐर, पुरुषोत्तम कँडेल, राजेश कर्ण, डा देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई बढुवामा सिफारिस गरेको हो । बढुवामा पर्नेहरु धेरै जसो महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याचीहरु छन् ।
केही जुनियर एसएसपीहरु समेत बढुवाको चलखेलमा लागेकोमा असफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्