Logo
Logo

कम्युनिष्ट नेता बने साम्राज्यवादी गोटी


- लक्ष्मण देवकोटा

3.7k
Shares

  • लक्ष्मण देवकोटा

सत्तरी वर्षको लामो नेपाली वामपन्थी आन्दोलनलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीको एकै झट्काले विघटनतर्फ मोडिदिएको छ । कम्युनिष्ट आन्दोलनको सपना बोकेर बल, बैंश सबै यही आन्दोलनमा होमेका ओली सत्ताको उन्मादमा यतिखेर आफू हिँडेको बाटो, आफूले देखाएका सपनाहरुलाई भाँचभुँच पार्न उद्यत छन् । हुँदाखाँदाको बहुमत सरकारलाई आफँैले बन्चरो हानेर फेरि जनताको बीचमा जाने उनको निर्णयले इमान्दार पार्टी कार्यकर्ता, शुभेच्छुक र मतदाता कसैको मन खुशी भएको छैन । ओलीले यो सबै परिघटनाको दोष माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को टाउकामा थोपरे पनि वास्तविकता उनीभित्रैको अहंकारको अग्निकुण्डमा उनी स्वयं फस्दै जाँदा सिंगो वाम आन्दोलननै धराशायी हुने खतरा बढिरहेको छ ।

यति सुविधासम्पन्न बहुमतको सरकारको विघटनपछि सरकारी संयन्त्र, अदालत र सुरक्षा निकायले ओलीको पक्षमा समर्थन गर्ने लगभग पक्कापक्की भइसकेको छ । भारतीय संस्थापन पक्षसँगको गुप्त योजनामा संसद् विघटन गरेकैले नेपाल कम्युनिष्ट पार्टीबीचको एकता जोगाउन चिनियाँ अधिकारीहरुले नेपालको दौडधुपपूर्वक यात्रा गरिरहेका छन् । यदि यो घटनामा अमेरिकी र भारतीय सहयोग नभएको भए मन्त्री भएको भोलिखेरै ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एमसिसी सकेसम्म छिटै पास गराउनुपर्ने कुरा गर्ने थिएनन् । यी सबैकुरा संयोग मात्र होइनन, यी पूर्वनियोजित हुन् भन्ने कुरा समयक्रममा खुल्दै जानेछन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको नयाँ नक्शा जारी गरेर नेपाली जनतामा ठूलै भ्रम छोड्न सफल प्रधानमन्त्री ओली सत्तामा टिकिरहन साम्राज्यवादीहरुको उक्साहटमा जस्तोसुकै प्रतिगमनकारी कदम चाल्न पनि अग्रसर हुनसक्ने लक्षण देखिन थालेको छ । सोभियत संघको विघटन अमेरिकी क्षेप्यास्त्रले होइन, कम्युनिष्ट नेता गोर्वाचोभका कारण भयो । नेपालमा पनि कम्युनिष्ट पार्टी र प्रभाव समाप्त पार्न पर्दा पछाडिबाट ओलीको प्रयोग भइरहेको छ । यो षड्यन्त्रबाट कम्युनिष्ट आन्दोलनलाई जोगाउन फेरि एकपटक नेपाली जनताले बलिदानी गर्नुपर्ने बेला आएको छ ।

राज्यसत्ताको पुख्ता प्रयोग गरेर ओलीले आफ्नो गुटका मानिसहरुलाई देशैभरि राज्यकोषको लुटमा केन्द्रित गर्न थालिसकेका छन् । आफ्ना मानिसहरुलाई जस्तोसुकै कुकर्म गरे पनि छुट दिने ओली गुटको योजनाका केही छनकहरु पनि देखिसकिएको छ । दलाल पू्ँजीवादी अर्थनीतिले जर्जर बनाएको नेपाली समाज स्वभावैले अवसर केन्द्रित भइनैसकेको छ । यस्तो अवस्थामा कांग्रेसको चरम अवसरवादी गुटगत राजनीति र कम्युनिष्टहरुको फुटले समाज, अर्थतन्त्र अझ गिजोलिँदै जाने देखिएको छ । यो कुरो ओलीलाई थाहै छ तर, शक्तिकेन्द्रहरुको अगाडि उनी आफू सत्तामा टिकीरहन सिंगो कम्युनिष्टहरुप्रतिको आस्था विश्वासलाई तिलाञ्जली दिएर गाउँ तहसम्मै भिडन्त गराउन ओली गुट उद्यत देखिएका छन् ।

माक्र्सले भनेका छन्, वस्तुको बाह्य आकृति र त्यसको सार प्रत्यक्ष रुपमा उस्तैउस्तै हुने भए सम्पूर्ण विज्ञान बेकार हुने थियो । त्यसैले जे देखिएको छ, वास्तविकता त्यस्तो नहुन पनि सक्दछ । ओलीको लोकतन्त्रप्रतिको निष्ठाजस्तै । यदि साँचो अर्थमा उनी लोकतन्त्रमा विश्वास गर्ने र यो संविधानप्रति इमान्दार हुने थिए भने, संसदमा सबै सांसदहरुसँग साक्षात्कार गर्ने थिए । असन्तुष्ट भनिएका आफ्नै दलका सांसदहरुलाई सुन्ने थिए । पद छाड्नै परे संसद् नै सामना गरेर निष्ठापूर्वक पद छोड्दा भावी पुस्ताले पनि सम्मान गर्नेछ भन्ने कुराको साक्षी कृष्णप्रसाद भट्टराईको इतिहास नै छ । ओलीमा भट्टराईको जतिको नैतिक साहस पनि देखिएन ।

विगतको गहिरो अध्ययन गरेर प्रधानमन्त्रीले स्वेच्छाचारीरुपमा संसद्माथि हमला नगरुन् भन्ने उद्देश्यका साथ संसद्का विकल्पहरु रहेसम्म विघटनको बाटोमा नजानकै लागि संघीय संसद्ले निकै लामो समय विमर्श गरेर संविधान बनाएको थियो । आफू अनुकूल नहुने स्थिति भएपछि कानूनका धारा उपधाराको मनमौजी व्याख्या गर्दैगर्दा कामचलाउ प्रधानमन्त्रीको मन्त्रिमण्डल पुनःगठनको अनुहारबाटै उनको लोकतन्त्रप्रतिको निष्ठा प्रष्ट हुन्छ । असन्तुष्टहरुको चित्त बुझाउन र आफू मजबुत हुन संविधानको गलत व्याख्या उपव्याख्या गर्दैै राज्यको ढुकुटीको मनमौजी प्रयोग निर्वाध हुनेछ भन्ने प्रष्ट भइसकेको छ । ओलीमा सवार मै हुँ राज्य भन्ने चिन्तनको सवार तल्लोतहसम्मै देखिन थालेको छ । कार्यकर्ताहरुसमेत एकआपसमा जुध्न र टुक्रिन थालिइसकेबाट नेपालको वाम आन्दोलनको दुर्दशाको चित्र देख्न सकिन्छ । लिपुलेक, लिम्पियाधुरा र कालापानीको नयाँ नक्शा जारी गरेर नेपाली जनतामा ठूलै भ्रम छोड्न सफल प्रधानमन्त्री ओली सत्तामा टिकिरहन साम्राज्यवादीहरुको उक्साहटमा जस्तोसुकै प्रतिगमनकारी कदम चाल्न पनि अग्रसर हुनसक्ने लक्षण देखिन थालेको छ । सोभियत संघको विघटन अमेरिकी क्षेप्यास्त्रले होइन, कम्युनिष्ट नेता गोर्वाचोभका कारण भयो । नेपालमा पनि कम्युनिष्ट पार्टी र प्रभाव समाप्त पार्न पर्दा पछाडिबाट ओलीको प्रयोग भइरहेको छ । यो षड्यन्त्रबाट कम्युनिष्ट आन्दोलनलाई जोगाउन फेरि एकपटक नेपाली जनताले बलिदानी गर्नुपर्ने बेला आएको छ ।

हजारौं शहीदहरुको बलिदानी र हजारौं कार्यकर्ताको रगत, पसिनाबाट यहाँसम्म पुगेको नेपालको कम्युनिष्ट आन्दोलनमाथिको यो बज्रपातलाई पुनर्जीवन दिने बेला आएको छ । त्यसका निम्ति समाजको सही वस्तुस्थितिको अध्ययन, वामपन्थी नेतृत्वमा देखिएको विचलन, दलाल पूँजीवादी अर्थतन्त्रले ल्याएको पार्टीभित्र र आम समाजकै समस्याको सही निक्र्यौल हुन सकेन भने संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने निश्चित छ । विभिन्न जातजाति, भाषाभाषी, वर्ग, लिंगलाई विकासको मूल बाटोमा हिंडाउनको लागि धेरै जनाको सहादत नेपालमा भएको छ । त्यस अर्थमा यो विशिष्ट समावेशी संविधान र लोककल्याणकारी राज्यको परिकल्पना गरिएको हो ।

हजारौं शहीदहरुको बलिदानी र हजारौं कार्यकर्ताको रगत, पसिनाबाट यहाँसम्म पुगेको नेपालको कम्युनिष्ट आन्दोलनमाथिको यो बज्रपातलाई पुनर्जीवन दिने बेला आएको छ । त्यसका निम्ति समाजको सही वस्तुस्थितिको अध्ययन, वामपन्थी नेतृत्वमा देखिएको विचलन, दलाल पूँजीवादी अर्थतन्त्रले ल्याएको पार्टीभित्र र आम समाजकै समस्याको सही निक्र्यौल हुन सकेन भने संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने निश्चित छ । विभिन्न जातजाति, भाषाभाषी, वर्ग, लिंगलाई विकासको मूल बाटोमा हिंडाउनको लागि धेरै जनाको सहादत नेपालमा भएको छ । त्यस अर्थमा यो विशिष्ट समावेशी संविधान र लोककल्याणकारी राज्यको परिकल्पना गरिएको हो ।

यी सबै परिवर्तनलाई हृदयदेखि नै अस्वीकार गर्ने ओलीलाई नैतिकरुपमा पदमा बसिरहने कुनै अधिकार छैन । जतिसक्यो छिटो उनको बहिर्गमन देशले खोजिरहेको छ । पार्टीभित्र अल्पमतमा परेर पनि बहुमतको निर्णयलाई मान्दिनँ भनेर चुनौती दिँदै हिंड्ने ओलीको ब्रम्हले बहुभाषिक र बहुजातीय समाजमा बराबरी सम्मान बाँड्ने चाँजोपाँजो मिलाउँछ भनेर विश्वास गर्ने ठाउँ कतै देखिएको छैन । इतिहासले गलत मानिसलाई सही ठाउँमा पु¥याउँदा हुने परिणाम देखाइदिएको छ । यो प्रतिगमनको विरोध गर्नु र प्रतिनिधिसभाको पुनःस्थापना नै आजको पहिलो मुद्दा हुनुपर्दछ ।

लामो संघर्षको दौरानमा देखिएको यो विभाजनले देशको कम्युनिष्ट आन्दोलनलाई धेरै पछाडि धकेलेको छ । मानिसहरुमा आस्था हराएको छ । विकास निर्माणको अपेक्षा त परै जाओस्, सामान्य मानवीय शिष्टाचारसमेत कम्युनिष्टहरुले बिर्सिएका छन् । निर्णयको पूर्वानुमान गर्दैगर्दा वास्तवमै मानिसहरुले महसुस गरेका छन् कि, साँचो अर्थमा गरिबहरुका आँगनमा लोकतन्त्र आएकै रहेनछ । जनतामाथि ओलीले गरेको विश्वासघातका विरुद्ध अर्को ज्वारभाटा सिर्जना गर्न लागिएन भने ओली झन् निरंकुश हुँदै जानेछन् । र, आफू त एक दिन सिद्धिने नै छन्, त्यतिबेलासम्म मुलुकको राजनीतिले कता कोल्टे फेर्ने हो चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्