काठमाडौं, १७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । नेता गौतम शुक्रबार विहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।
प्रचण्ड र गौतमबीच झण्डै एक घण्टा छलफल भएको बताइएको छ । नेकपा विभाजन पछि तटस्थ रहेका गौतमले पार्टी विभाजन रोक्ने प्रयासमा रहेको बताउँदै आएका छन् ।