काठमाडौं, १७ पुस ।
ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव घुससहित पक्राउ परेका छन् ।
भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले प्रहरी हवल्दार यादवलाई घुससहित पक्राउ गरेको हो । सो रकम उनले खाजा होटल संचालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएको अवस्थामा उक्त रकम सहित दुबै जनालाई हरिनगर गाउँपालिका वडा नम्बर ४ हरिनगरा बजारबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।