Logo
Logo

विदेश जान नक्कली पिसिआर रिपोर्ट, विमानस्थलमा समातिए ७ युवक


- दृष्टि न्युज/संवाददाता

630
Shares

काठमाडौ, १९ पुस ।
नक्कली पिसिआर रिपोर्ट बनाउने गिरोह सक्रिय रहेको खुलेको छ । नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् । विदेश जाँदा अनिवार्य रुपमा पिसिआर रिपोर्ट चाहिन्छ । तर, उनीहरुले पिसिआर रिपोर्ट जस्तै नक्कली रिपोर्ट प्रिन्ट गरेको खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्