Logo
Logo

थानकोट वृत्तमा घुसकाण्ड


- दृष्टि न्युज/संवाददाता

37.8k
Shares

काठमाडौं, १९ पुस ।
महानगरीय प्रहरी वृत्त थानकोटमा प्रहरीले घुस लिएको पुष्टि भएको छ । मुद्दा शाखामा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्माले सेवाग्राहीसँग घुस लिएका हुन् ।


मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका हुन् । प्रारम्भिक अनुसन्धानमा घुस लिएको पुष्टि भएको खुलेपछि काठमाडौं परिसरले उनलाई त्यहाँबाट हटाई विभागीय कारबाही थालेको छ । वृत्तका डिएसपी घनश्याम श्रेष्ठ इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । उनकै कार्यलयमा घुसकाण्ड बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस्