Logo
Logo

योगेशलाई नेकपामा नयाँ जिम्मेवारी


- दृष्टि न्युज/संवाददाता

14.2k
Shares

काठमाडौं, २० पुस ।
नेकपाको प्रचण्ड–माधव नेपाल पक्षको स्थायी समिति बैठकले आन्दोलन परिचालन समितिको प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईलाई दिने निर्णय गरेको छ । माधव नेपालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


संसद बिटनविरुद्ध यसअघि नै सो समूहले नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आन्दोलन परिचालन समिति गठन गरेको थियो । समितिको सहसंयोजकमा स्थायी समिति सदस्यहरु योगेश भट्टराई, पम्फा भूषाल र गणेश साहलाई थपिएको छ ।

सो बैठकले लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली र गण्डकी प्रदेशमा इन्चार्जको जिम्मेवारी देवेन्द्र पौडेललाई दिइएको छ ।

अध्यक्ष प्रचण्ड श्रीमती सीताको उपचारका लागि भारत गएकाले अर्का अध्यक्ष नेपालको अध्यक्षतामा बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्