Logo
Logo

नेपाल–कोरिया व्यापार र आर्थिक सम्बन्ध


- शंकरमान सिंह

567
Shares

  • शंकरमान सिंह

सन् १९७५ मा नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालको व्यापार र आर्थिक सम्बन्ध बढेको छ । कोरियाले सन् १९७४ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो भने, सियोलमा नेपालको दूतावास सन् २००७ मा स्थापना भएको थियो ।

नेपाल र कोरियाबीच आर्थिक र व्यापारिक सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले कोरिया र नेपालमा पनि भेटघाट, ट्रेड मिशन र प्रतिनिधिमण्डलहरू र व्यापार मेलाहरूमा लगातार भाग लिइएको छ । यसले दुई देशबीचको सम्बन्धमा नयाँ गति बढाएको छ । द्विपक्षीय सहयोगलाई अभिवृद्धि गर्न कूटनीतिक सहयोग, आर्थिक सहयोग र रोजगार विकासका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका आयामहरु पनि प्रमुख रहेका छन् ।

कोरियाले नेपाललाई गरिबी निवारणको लक्ष्य हासिल गर्न र उच्च आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पु¥याउनको लागि आफ्नै भूमिका निर्वाह गरेको छ । कोरियाली सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत सहयोग प्रदान गर्दै आएको छ । देशमा राजनीतिक स्थिरतासँगसँगै कोरियाली सरकार आफ्नो विकास सहायता बढाइरहेको छ । कोइकाले आफ्ना कार्यक्रमहरू निर्माण, जलविद्युत्, सडक र पूर्वाधार विकास, स्वास्थ्य, ई–प्रशासन आदि जस्ता क्षेत्रमा आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको छ । हालै चलिरहेका केही परियोजनाहरूमध्ये इन्स्टिच्युट अफ इञ्जिनीयरिङ आइसिटी केन्द्र, भन्सारको आधुनिकीकरण आदि हुन् ।

द्विपक्षीय सम्बन्धले निजी र सरकारी दुवै क्षेत्रमा क्रमिक प्रगति गरेको छ । कोरिया र नेपालबीच हप्ताको दुई पटक सीधा हवाई उडानहरू सञ्चालनले पर्यटन उद्योगको विकास तथा व्यापार प्रवद्र्धनमा समेत योगदान पु¥याएको छ । नेपालले हरेक वर्ष ३० हजारभन्दा बढी कोरियाली पर्यटकलाई स्वागत गर्दछ । कोरियाली र नेपालीहरू एकअर्काको संस्कृति र समाजमा बढी चासो लिन थालेका छन् ।

कोरियाले नेपाललाई गरिबी निवारणको लक्ष्य हासिल गर्न र उच्च आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पु¥याउनको लागि आफ्नै भूमिका निर्वाह गरेको छ । कोरियाली सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत सहयोग प्रदान गर्दै आएको छ । देशमा राजनीतिक स्थिरतासँगसँगै कोरियाली सरकार आफ्नो विकास सहायता बढाइरहेको छ । कोइकाले आफ्ना कार्यक्रमहरू निर्माण, जलविद्युत्, सडक र पूर्वाधार विकास, स्वास्थ्य, ई–प्रशासन आदि जस्ता क्षेत्रमा आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको छ । हालै चलिरहेका केही परियोजनाहरूमध्ये इन्स्टिच्युट अफ इञ्जिनीयरिङ आइसिटी केन्द्र, भन्सारको आधुनिकीकरण आदि हुन् । यसबाहेक टीकापुरमा स्वास्थ्य सेवा सुधार, काठमाडौँ विश्वविद्यालयमा प्राविधिक प्रशिक्षण केन्द्रको स्थापना र लुम्बिनी विश्व शान्ति शहर संरक्षण र विकासको लागि मास्टर प्लान पनि प्रमुख हुन् ।

विगत केही वर्षहरुमा एक सफल ‘संस्थान–उद्योग’ साझेदारी कार्यशाला आयोजित गरेको थियो । उक्त कार्यशाला बुटवलमा कोरिया नेपाल टेक्नोलोजी इन्स्टिच्युट र काठमाडौं विश्वविद्यालय–प्राविधिक प्रशिक्षण केन्द्रको पूर्ण सहयोग गर्ने दृष्टिकोणले सम्पन्न गरिएको थियो । ती दुवै प्राविधिक र व्यावसायिक शिक्षामा कोइका परियोजनाहरूको परिणामका रूपमा स्थापित भएका थिए । कोइकाले विभिन्न विकास साझेदारहरूबाट यसको विकास कार्यक्रमहरूको लागि राम्रो प्रतिष्ठा पाइरहेको छ । यसको कारण सम्पूर्ण प्रक्रियामा यसको इमानदारी र स्नेह व्यवहार नै हो । कोइकाले निरन्तर आफ्नो विकास सहायताको मात्रा बढायो, जुन अहिले प्रतिवर्ष १२ मिलियन डलर वा १ मिलियन (अमेरिकी डलर) छ ।

कोरियाको ओडीए नेपालमा

हाल कोरियाली सरकारले २० ओडीए प्राथमिकता साझेदार देशहरूको नाम तोकेको छ र नेपाल पनि तीमध्ये एउटा हो । कोरियाली सरकारले नेपाल सरकारको आर्थिक विकास रणनीति विचार गरी नेपालको लागि एक देश साझेदारी रणनीति मस्यौदा तयार गरेको छ । कोइका प्राथमिकता क्षेत्रहरू, स्वास्थ्य, शिक्षा र कृषि सन् २०१२ र २०१३ मा दुई सरकार बीचको छलफलबाट निर्धारित गरिएको थियो । कोरियाले नेपाललाई आर्थिक सहयोग कोष मार्फत सफ्ट लोनमा सहयोग पु¥याएको छ र सन् १९९७ मा यस सम्बन्धमा एउटा सम्झौतामा हस्ताक्षर गरेको छ ।

कोरियाले सन् २००६ मा सार्क पर्यवेक्षकको हैसियतमा सहभागी भइरहेको छ , र त्यसबेलादेखि यो सार्कसँगको सहकार्यलाई सुदृढ पार्न निरन्तर प्रयासरत छ । नेपालमा बेरोजगारीले मुलुकमा गम्भीर समस्या खडा गरेको छ र पूर्वी एसियाको उदीयमान आर्थिक शक्तिको रूपमा कोरियालाई द्रुत औद्योगीकरणको कारण श्रमको खाँचो छ । धेरै नेपालीहरूले दक्षिण कोरियामा काम गरिरहेका छन् र कोरियालाई आउँदो दिनमा अर्थव्यवस्थाको द्रुत बृद्धिका साथ बढी कार्य बल चाहिन्छ । कोरियाली बजारका लागि आवश्यक पर्ने कामदारहरूलाई नेपालले आपूर्ति गर्न सक्दछ । नेपाली कामदारहरूले कोरियामा काम गरिरहेका छन् । इपिएसअन्तर्गत नेपालको रेमिट्यान्स अर्थव्यवस्थामा महत्वपूर्ण भूमिका छ ।

जलविद्युत्मा लगानी

चमेलिया जलविद्युत् ३० मेगावाटको दार्चुला जिल्ला, नेपालमा अवस्थित नदी मा आधारित जलविद्युत परियोजनाबाट सञ्चालित छ । कोरिया हाइड्रो र आणविक ऊर्जा (केएचएनपी) कन्सोर्टियम पार्टनरको रूपमा यस परियोजनामा संलग्न छन् । यो निर्माण चरणमा छ । माथिल्लो त्रिशूली जलविद्युत परियोजना । यो २१६ मेगावाटको जलविद्युत परियोजना हो । जसमा कोरियाली लगानीकर्ता कन्सोर्टियम पार्टनरका रूपमा रसुवा जिल्लामा निर्माण गर्न लागेका छन् । कोरिया दक्षिण पूर्वी पावर कम्पनी, डेलीम इन्डस्ट्रियल, क्यारियन्ग कन्स्ट्रक्शन इन्डस्ट्रियल कम्पनी यस परियोजनामा कोरियाली कन्सोर्टियम पार्टनर हुन् । माथिल्लो मोदी दोस्रो जलविद्युत परियोजनाः यो ४७ मेगावाटको जलविद्युत परियोजना हो । जुन के–वाटरले कन्सोर्टियम पार्टनरको रूपमा निर्माण गर्ने योजनामा छ । यो पर्वत जिल्लामा अवस्थित छ ।

 

प्रतिक्रिया दिनुहोस्