Logo
Logo

मनिषा कोइराला र रमेश खरेलले संयुक्त पत्रकार सम्मेलन गर्दै


- दृष्टि न्युज/संवाददाता

1.2k
Shares

काठमाडौं, २१ पुस ।

पृथ्वीनारायण शाहको जन्म जयन्ती भव्य रूपमा मनाउन बलिउड अभिनेत्री मनीषा कोइराला र नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले संयुक्त टोली बनाएका छन् । यसबारे मंगलबार दिउँसो उनीहरुले पत्रकार सम्मेलन समेत गर्न लागेका छन् ।


नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्ण रहेकाले उनको सम्मानमा आफुहरुले विभिन्न कार्यक्रम गर्न लागिएको पूर्व डिआईजी खरेलले बताए । पर्यटन व्यवसायी भरत बस्नेत समेत सो टिममा आबद्ध छन् ।
मनिषा पछिल्लो समय राजनीतिमा लाग्ने तयारी गरिरहेको चर्चा पनि छ ।

प्रतिक्रिया दिनुहोस्