Logo
Logo

६९ डिएसपीको सरुवा, रसुवामा पाण्डे, दोलखामा रिजाल


- दृष्टि न्युज/संवाददाता

254.9k
Shares

काठमाडौं, २१ पुस ।
प्रहरी प्रधान कार्यालयले ६९ डिएसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लाका इन्चार्जहरुको पनि हेरफेर भएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत देवेन्द्र पाण्डेलाई रसुवा पठाइएको छ भने भेषराज रिजालको दोलखा सरुवा भएको छ ।


त्यस्तै घुसकाण्डमा परेर मुद्दा जितेका डिएसपी श्याम राईलाई म्यादी खटाइएको छ । सोलुखुम्बुमा कवित कटवाल, जाजरकोटमा मधु कुमार थापा, मनाङमा सुवास खड्का, रामेछापमा नवराज ढुंगाना, ओखलढुंगामा गोविन्द काफ्लेको सरुवा भएको छ ।
उपत्यकाको जनसेवा वृत्तमा डिलबहादुर मल्ल तथा बालाजुमा निर्मल बुढाथोकी, सातदोबाटोमा दिनेश घिमिरे, चापागाउँमा टेकबहादुर कार्की, थानकोटमा मोहन खाँणलाई पठाइएको छ ।
पूर्वी रुकुममा गणेश श्रेष्ठ, पोखराको वडा प्रहरी कार्यालय बैदाममा चिनियायाँ तामाङलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्