काठमाडौं, २२ पुस ।
प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा उपत्यकाका पाँच वृत्तका इन्चार्ज फेरिएका छन् ।
उपत्यकाको जनसेवा वृत्तमा डिलबहादुर मल्ल, बालाजुमा निर्मल बुढाथोकी, सातदोबाटोमा दिनेश घिमिरे, चापागाउँमा टेकबहादुर कार्की क्षेत्री, थानकोटमा मोहन खाँणको सरुवा भएको छ । आकर्षक मानिने पोखराको वडा प्रहरी कार्यालय बैदाममा चिनियायाँ तामाङलाई पठाइएको छ ।
तराईका विभिन्न इप्रकाका इन्चार्ज पनि फेरिएका छन् । इप्रका पथरीमा कृष्ण खड्का, इप्रका लहानमा डा तपन दाहाल, बर्दिवासमा वीरेन्द्र थापा, कोहपुरमा रबिन्द्र खनाल, मिर्चैयामा रबिन्द्र श्रेष्ठ, चन्द्रनिगाहपुरमा लिलाराज लामिछाने, अनारमणिमा सन्तोष आचार्य, काँकडभित्तामा सुनिल दाहालको सरुवा भएको छ ।