Logo
Logo

फल्टुडेमा पानी पुग्ने भएपछि स्थानीयवासी हर्षित


वीरेन्द्र रावल

0
Shares

धनगढी । वर्षौदेखि खानेपानीको समस्या झेल्दै आइरहेका चुरे गाउँपालिका वडानम्बर ६ फल्टुडेका बासिन्दाले अव स्वच्छ खानेपानी पिउन पाउने भएका छन् । डोटीको गरुडबाट दुई किलोमिटर दूरीबाट पानी बोकेर फल्टुडेसम्म ल्याउनुपर्ने टन्टा अब हट्ने भएपछि स्थानीय बासिन्दाहरुमा खुशी छाएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीको ४४ लाख रुपैयाँ, चुरे गाउँपालिकाको ८ लाख, प्रदेश सरकारको ५० लाख र संघीय सरकारको ३० लाख लगानीमा उक्त खानेपानी योजना सम्पन्न हुन गईरहेको कुरा फल्टुडे–बगैचुला लिफटिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष किशनसिंह साउद (विशाल)ले जानकारी दिए ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख मोहनबहादुर कुँवरको नेतृत्वमा गएको टोलीले मंगलबार लिफ्टिङबाट सफल परीक्षण गरेको थियो । १७० घर धुरीका १ हजार दुई सय उपभोक्ताले उक्त खानेपानी योजना सम्पन्न भएपश्चात पानीको उपभोग गर्न पाउने भएका छन । नजिक पानीको स्रोत नभएका कारण १ हजार दुई सय मिटर टाढा तल्लो बगँैचुलाबाट फल्टुडेसम्म सोलार बत्तीको माध्यमबाट लिफटिङ प्रविधिबाट पानी तानिन लागेको कुरा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख मोहनबहादुर कुँवरले जानकारी दिएका छन् । विद्यालयमा खानेपानीको समस्या झेल्दै आइरहेका बिद्यालयका छात्रछात्राका लागि खानेपानीको सुविधा उपलत्तध हुने भएपछि धेरै ठूलो समस्याको सधामान भएजस्तो हुने धारणा राख्छन् मेलकट्टेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक बमबहादुर खत्री ।
खत्रीले भने– एसईईको परीक्षा दिन आउने विद्यार्थीले अब खानेपानीका लागि टाढा टाढा जानु पर्ने समस्याबाट पार पाउने आशा व्यक्त गर्छन् प्रधानाध्यापक खत्री । फल्टुटेमा हरेक बर्ष बर्षातका एक दुई महिना बाहेक अरु समयमा मानिसहरुले खानेपानी नपाएर काकाकुल हुनुपर्ने अवस्थाको अन्त्य हुने भएपछि आम उपभोक्तामा खुशीयाली छाएको फल्टुेडेका स्थानीय बासिन्दा एवं समाजसेवी दान बहादुर महरा बताउँछन् । महराले भने– बर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका फल्टुडे र बगैचुलाका जनताले अब उक्त समस्याबाट पार पाउने बताए उपभोक्ता समूहका अध्यक्ष किशनसिंह साउदले ।
खानेपानीको परीक्षण कार्यक्रममा चुरे गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष प्रेम बहादुर साउद, स्थानीय बुद्विजीवीलगायत सर्वसाधारण मानिसको ठूलो घुइँचो लागेको बताइएको छ ।
कैलाली जिल्लाको साविक सहजपुर गाउँ विकास समिति अन्तर्गत पर्ने फल्टुडेमा खानेपानीको समस्या आउँदा त्यहाँका बासिन्दाले ८ किलोमिटर टाढाको सहजपुरबाट गाडी र मोटरसाइकलमा पानी बोक्नुपर्ने बाध्यता रहँदै आएको भएपनि लिफटिङ्बाट पानीको सफल परीक्षण गरिएपछि त्यो बाध्यता र पानी बोक्नु पर्ने नियतीमा कमी आउने धारणा व्यक्त गर्नु हुन्छ– चुरे गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष प्रेमबहादुर साउद ।

प्रतिक्रिया दिनुहोस्