काठमाडौं, २४ पुस ।
प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपामा दुई अध्यक्ष छन् । प्रचण्ड र माधव कुमार नेपाल । दुवैको समान हैसियत रहने बताइएको छ । समान हैसियत भएपनि एक नम्बर अध्यक्ष प्रचण्ड भएको भनेर धेरैलाई लागेको छ ।
तर, सो समूहका कागजपत्रमा भने पहिलो नम्बरमा माधव कुमार नेपाललाई राखिएको छ । पार्टीको बैठकका निर्णयहरुमा नेता नेपालको नाम १ नम्बर तथा प्रचण्डको दुई नम्बरमा राखिएको छ।
पार्टी एकताको सन्देष दिन पनि माधव नेपाललाई पहिलो नम्बरमा राखिएको बताइएको छ । नेता नेपाल प्रचण्डको मामूली कार्यकर्ता भएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना गरेका थिए ।
सोही समुहमा रहेका अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालको जिम्मेवारी प्रष्ट छैन । सहमति नहुँदा सो समूहले महासचिव पनि चुन्न सकेको छैन ।