Logo
Logo

आफू निकट जनसभालाई सम्बोधन गर्न ओली धनगढीमा


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजित जनसभालाई आज सम्बोधन गर्दैछन् । प्रतिनिधिसभा विघटन र पार्टी विभाजनपछि आफूनिकट समूहले आयोजना गरेको कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली पहिलोपटक राजधानीबाहिरको जनसभामामा सम्बोधन गर्न गर्न लागेका हुन् ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा धनगढीको खुलामन्चमा जनसभामा हुँदैछ । कार्यक्रमलाई लक्षित गरी सशस्त्र र नेपाल प्रहरीका एक हजार जना सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । कार्यक्रममा प्रदेश कमिटीका नेताहरुले पनि सभामा सम्बोधन गर्नेछन् भने गाउँगाउँबाट कार्यकर्ताहरु धनगढी आउन सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्