धनगढी, २४ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको धनगढीको कार्यक्रममा निर्मला पन्तका बलात्कारी खोई भनेर लेखिएको टिसर्ट लगाउने युवक पक्राउ परेका छन् । साढे दुई वर्ष हुँदा पनि अभियुक्त पक्राउ गर्न नसकेपछि एक युवकले त्यससम्बन्धि टिसर्ट लगाएर कार्यक्रममा उपस्थित भएका थिए ।
यती सामान्य विषयमा समेत बल प्रयोग गरिएकोमा धेरेले आश्चर्य मानेका छन् । अपराधी खोई भनेर सभ्य तरिकाले पश्न गर्दा समेत थुनिने दिन आएको स्थानीयको भनाई छ ।
प्रधानमन्त्रीको कार्यक्रममा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको थियो ।