काठमाडौं, २७ पुस ।
टोखाको ग्रान्ड भिल्ला हाउजीङमा दम्पतीको मृत्यु घटनामा केही नयाँ तथ्यहरु खुलेका छन् । उमेशको मृत्यु भएको करिब १० घन्टापछि सुदीक्षाको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा देखिएको छ ।
जसअनुसार सुदीक्षाले नै उमेशको हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक प्रहरी निष्कर्ष छ । सिलौटाले टाउकोमा हानेर उमेशको मृत्यु भएको थियो । बेडमा उनको शव भेटिएको थियो । सुदीक्षा भ¥याङको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।
प्रहरी स्रोतका अनुसार सुदीक्षा २ महिनाको गर्भवती भएको खुलेको छ । सोही गर्भको विषयलाई लिएर विवाद भएको हुनसक्ने अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए । उमेशले अस्पतालमा आफनो स्वास्थ्य जाँच समेत गराएका थिए ।
उमेशको मृत्युपछि सुदीक्षाले उनको दिदीलाई फोन गरेकी थिइन् । उनीहरुबीच आधा घन्टा कुराकानी भएको देखिन्छ । सुदीक्षाले शुक्रबार बिहान आत्महत्या गरेको हुनसक्ने आशंका छ । शुक्रबार बिहानै सुदीक्षाको दिदी घरमा पुग्दा दुवै जना मृत भेटिएका थिए । तर, उनले साँझ मात्र प्रहरीलाई खबर भएको थियो ।
उमेश र सुदीक्षाले सन् २०१४ मा प्रेम विवाह गरेका थिए । उमेशको परिवारले असहमति जनाएकाले उनीहरुले परिवार बिना नै बिहे गरेका थिए । पछिल्लो समय उनीहरुबीच सम्बन्ध राम्रो थिएन । सोही कारण उमेश अमेरिका बसे पनि सुदीक्षा नेपालमै बस्दै आएकी थिइन् ।