Logo
Logo

गुडविल फाइनान्स लिमिटेडको १२ प्रतिशत लाभांश पारित


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, १ माघ । गुडविल फाइनान्स लिमिटेडको २६औँं वार्षिक साधारण सम्पन्न भएको छ । बुधबार सम्पन्न साधारण सभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष २०७६÷०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८५ ले वृद्धि गरी रु.८,४९,३९,९८,७१७ तथा कर्जा तर्फ १५.८८ प्रतिशत ले वृद्धि गरी रु. ६,८४,०५,४५,५०४ पु¥याएको छ । साधारणसभाले गत वर्षको नाफाबाट ८.४ प्रतिशत बोनस शेयर तथा ३.६ प्रतिशत नगद लाभांश गरि जम्मा १२ प्रतिशत वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।
साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याविच पनि संस्थाले अपेक्षाजनक कार्य गरेको र लगानीकर्ताहरुलाई गत बर्षभन्दा बढी प्रतिफल दिन सकेको बताए ।

प्रतिक्रिया दिनुहोस्