Logo
Logo

नेपाल लाइफ र भन्सार विभागबीच आपसी हितमा काम गर्ने सहमति


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौं, १ माघ । नेपाल लाइफ इन्स्युरेन्स र भन्सार विभाग प्रमुखबीच अ आपसी हितमा काम गर्दै जाने सहमति भएको छ । बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भएको छलफलपछि यस्तो सहमति भएको हो । सो अवसरमा भन्सार विभागका महानिर्देशक दाहालले आफ्ना भन्सार विभागका कर्मचारीमा जीवन बीमा सचेतना अभिबृद्धि गर्न साथ र सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले आफ्नो व्यक्तिगत तथा कम्पनीको तर्फबाट बीमा जागरणमा सदैव भूमिका रहने प्रतिवद्धता व्यक्त गरे ।
भन्सार विभागका महानिर्देशक दाहालले र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईले एक आपसमा आवश्यकताका आधारमा सहयोग तथा सहकार्य गर्दै जाने बताए । नेपाल लाइफ बीमा क्षेत्रबाट सबैभन्दा बढी राजस्व दाखिला गरेबापत उत्कृष्ठ करदाता सम्मान-२०७४ र ०७५ बाट सम्मानीत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्