Logo
Logo

गुराँस लघुवित्तको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा २०७७ पुस २९ धनकुटास्थित न्यू अन्जुली होटलमा सम्पन्न भयो ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०७६/७७को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाहसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने निर्णय गर्नुका साथै आर्थिक वर्ष २०७७÷७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा सहभागी शेयरधनीले कोरोना भाइरस संक्रमणको यस परिस्थितिमा संस्थालाई बचाउँदै अगाडि बढाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा ग्राहकको संरक्षण तथा विकास गर्दै संस्थाको व्यवसाय वृद्धि गर्न सुझाव दिए । साधारणसभामा सहभागी शेयरधनीबाट प्राप्त सल्लाह सुझावका लागि धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्