Logo
Logo

नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीको अवकाश


- दृष्टि न्युज/संवाददाता

544.4k
Shares

काठमाडौं, २ माघ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका सिनियर अधिकृतहरुले शुक्रबारदेखि अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण एकैपटक धेरैले अवकाश पाएका हुन् ।

This combo image shows the logos of Nepal Police (left) and Armed Police Force of Nepal. Image: THT

नेपाल प्रहरीमा एसएसपीद्वय डा गणेश रेग्मी, राजकुमार वैदवार लगायतले अवकाश पाएका छन् ।
सशस्त्र प्रहरीमा एआईजी नारायणबाबु थापासहित दुई दर्जन अधिकृतले अनिवार्य अवकाश पाएका छन् । एआईजी थापासहित एसएसपीहरु इन्द्रराज कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री, प्रेमराज पोखरेल, प्रकाश श्रेष्ठ, शान्तिकुमार कार्की, श्याम कोइराला, सुदेशकुमार गुरूङ र राजेन्द्रकुमार अधिकारीले अवकाश पाएका हुन् ।

अवकाश पाउने एसपीहरुमा मातृकाप्रसाद कोइराला, ओजेश ओली, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, राजु पाँडे, समरबहादुर श्रेष्ठ, कृष्णप्रसाद कोइराला, खेमबहादुर थापा, तुलसिराम दाहाल, रोशन श्रेष्ठ, बसन्तकुमार वोगटी, दिलबहादुर पन्थ, दलबहादुर श्रेष्ठ, तारिक चन्द चौधरी, अर्जुन प्रसाद सापकोटा रहेका छन्। त्यस्तै डीएसपीहरू अजयकुमार छत्कुली, भरत बस्नेत, जीवनबहादुर भण्डारी, डिल्लीकुमार कार्की, प्रकाश कुमार माझी, रूमबहादुर कार्की, शंकरकुमार पोख्रेल, जगदिश प्रसाद थारू, उपेन्द्रबहादुर बुढा क्षेत्रीले पनि अवकाश पाएका छन् । ठूलो संख्यामा पदहरु रिक्त भएपछि सशस्त्रमा बढुवाको दौडधुप समेत सुरु भइसकेको छ । एसपी बढुवाका लागि गत आइतबार सूचना समेत प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्