काठमाडौं, ३ माघ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम विरुद्ध नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ ।
दोस्रो चरणको कार्यक्रम अन्तर्गत कांग्रेसले आज ७ सय ५३ स्थानीयहरुमा प्रदर्शन गर्न लागेको हो ।
प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेसले चरणबद्ध आन्दोलन गर्दै आएको छ । पहिलो चरणमा प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रहरुमा प्रदर्शन गरेको कांग्रेसले पुस २५ गते दोस्रो चरण अन्तर्गत प्रदेश निर्वाचन क्षेत्रहरुमा प्रदर्शन गरेको थियो ।
आज स्थानीय तहहरुमा प्रदर्शन गर्न लागेको हो । माघ ८ गते ६ हजार ७ सय ४३ वडामै विरोध प्रदर्शन गर्ने पनि कांग्रेसले यसअघि नै घोषणा गरिसकेको छ ।
आन्दोलनमा जाने वा नजाने भन्ने दोधारमा रहेको कांग्रेसले प्रदर्शनका केही कार्यक्रमहरु घोषणा गरेको थियो ।