Logo
Logo

भारतीय प्रतिबन्धपछि ९० प्रतिशत पाम आयल उद्योग संकटमा


- दृष्टि न्युज/संवाददाता

567
Shares

काठमाडाैं, ३ माघ । भारत सरकारले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि पर्सा र बाराका ९० प्रतिशत तेल उद्योग समस्यामा परेका छन् । निर्यातको प्रमुख बजार भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीको ठूलो लगानी समेत जोखिममा परेको छ ।

पाम आयल उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएका छन् । नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ १८ अर्ब ३१ करोड रुपैयाँको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेको १४ यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै ११ अर्ब ७२ करोड मूल्य बराबरको एक लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थिए ।

प्रतिबन्ध लालेपछि गत वैशाखदेखि यसको निकासी हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६–७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म निकासीको सूचीबाट भारतीय पक्षले हटाएको छ ।

इण्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो गरी आयात भई नेपाल भित्रिने तथा नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने गरेको भन्दै
भारत सरकारले पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्