Logo
Logo

भारतमा आजदेखि कोरोना भ्याक्सिन अभियान सुरु, नेपालमा अझै महिनौं लाग्ने


- दृष्टि न्युज/संवाददाता

441
Shares

काठमाडौं, ३ माघ ।
भारतमा कोभिड भ्याक्सिन आजदेखि सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भ्याक्सिनेसन कार्यक्रमको सुरुवात गर्दै यसलाई ऐतिहासिक दिन भनेका छन् ।

भारतमै बनेको भ्याक्सिन लगाउन सुरु गरिएको हो ।पहिलाे चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई लगाउन लागिएको हो । भारतका सबै राज्यमा भ्याक्सिनेसन सुरु भएको हो । पहिलो दिन नै तीन लाखलाई भ्याक्सिन लगाउने लक्ष्य छ ।

भारतमै बनेको कोभिशिल्ड र कोभ्याक्सिन लगाउन लागिएको हो । यद्यपी यी भ्याक्सिनको पूर्ण ट्रायल भइसकेको छैन । भारतमै कतिपय वैज्ञानिकले यी भ्याक्सिन तत्काल प्रयोग गर्न नहुने बताइरहेका छन् ।

भारतमा भ्याक्सिनेसन सुरु भएसँगै ठूलो उत्साह देखिएको छ । नेपालमा कहिलेबाट सुरु हुने अझै टुंगो लागेको छैन । नेपालमा तत्काल कुनै देशबाट भ्याक्सिन आउने सम्भावना देखिएको छैन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार नेपालमा सुरु हुन बैशाख लाग्ने देखिन्छ ।

भारतमा बनेको भ्याक्सिन पनि नेपालमा तत्काल नआउने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणमा पनि यसबारे कुरा गरेपनि भारतले आश्वासन मात्र दिएको छ ।

प्रतिक्रिया दिनुहोस्