Logo
Logo

कुनै न्यायाधीशलाई भेटेको छैन, सायद चिन्दिन पनिः प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता

1.6k
Shares

काठमाडौं, ३ माघ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको स्पष्टीकरण दिएका छन् ।

प्रदेश १ का उपलब्ध कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै पनि न्यायाधीशलाई भनेटेको स्पष्टीकरण दिएका हुन । भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन । ‘सपना प्रधानलाई वकिल हुँदा यस्तै कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको पनि छैन, शायद चिनेको पनि छैन ।’

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले चार न्यायाधीशलाई गोप्य रुपमा भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमा समेत प्रश्न उठेको थियो ।
प्रधानमन्त्री ओलीले न्यायाधीहरुसँग गोप्य भेट गरेको समाचार प्रशारण भएपछि सार्वोच्चले समेत कुनै पनि न्यायाधीशलाई भनेटेको भन्दै विज्ञप्तीमार्फत न्यायालयको गरिमामा आँच पुर्याउने काम नगर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्