Logo
Logo

कोरोना विरुद्धको खोपमा भारतको प्राथमिकतामा नेपाल : परराष्ट्रमन्त्री


- दृष्टि न्युज/संवाददाता

441
Shares

काठमाडौं, ३ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले कोरोनाविरुद्धको खोपमा नेपाललाई पनि प्राथमिकतामा राखेको बताएका छन् । तीन दिने भारत भ्रमण सकाएर आज (शनिवार) अपरान्ह स्वदेश फर्किएका मन्त्री ज्ञवालीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भारतले कोरोनाविरुद्धको खोप नेपाललाई पनि वितरण गर्ने गरी भारतले प्राथमिकतामा राखेको बताएका हुन् । भारतका विदेशमन्त्री एस जयशंकरसँग भएको वार्ताका क्रममा नेपालमा कोभिड भ्याक्सिनको तत्कालको आवश्यकता भारतले पूर्ति गरिदिने सहमति भएको पनि ज्ञवालीले बताए । मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने सहमति भएको समेत बताए ।

 

 

मन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकका लागि बिहीबार दिल्ली गएका थिए। बैठकमा ज्ञवालीले नेपाल भारत सम्बन्धका आर्थिक, राजनीतिक सांस्कृतिक लगायतका पक्षमा छलफल गरेका थिए । यस्तै भेटमा भैरहवामा एकीकृत चेकपोस्टको काम सुरु गर्ने र महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने, महाकाली नदीमा थप महाकालीमा तीनवटा पुल बनाउने सहमति भएको समेत मन्त्री ज्ञवालीले जानकारी दिए । त्यस्तै रक्सोल–काठमाडौँ रेलमार्ग निर्माणसम्बन्धी फिल्ड लोकेसन सर्भे अगाडि बढाउने पनि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्