काठमाडौं, ४ माघ ।
काठमाडौं महानगरपालिका–२९ कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटिएम बुथको ढोकाको शिसा फुटाएर पैसा चोर्न लागेको अवस्थामा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका(७ घर भएका २२ वर्षीय साहील खत्री, काठमाडौं महानगरपालिका २९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका ७ घर भएका २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।