काठमाडौं, ४ माघ । चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि नेपाल मेडिकल काउन्सिलले फारम खुला गरेको छ । काउन्सिलले माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने सूचना निकालेको हो ।
काउन्सिलले जारी गरेको सूचना अनुसार फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत काउन्सिलले गरिसकेको छ। माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।