काठमाडौं, ४ माघ । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ । आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा छलफलका लागि दलका प्रतिनिधिहरुलाई बोलाएको हो ।
आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनका अनुसार आगामी वैशाखमा हुने भनिएको निर्वाचनबारे छलफल गर्न दलहरूलाई आज बोलाइएको हो ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । सरकारको यो कदमलाई असंवैधानिक र प्रतिगमन भएको भन्दै प्रचण्ड-माधव पक्ष र खप्रमुख प्रतिक्ष दल नेपाली कांग्रेससहितका राजनीतिक दलहरु विरोधमा उत्रिएका छन् । कोरोना संक्रमणको महामारीको बेला निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै यसको सर्वत्र विरोध आलोचना भईरहेको छ ।
तर, आयोगले भने मतदान केन्द्र र मतदान स्थल, मतदाता नामावली अद्यावधिकलगायत विषयमा दलहरूसँग छलफल गर्दैछ । आजको कार्यक्रममा निर्वाचन सम्बन्धी अहिलेसम्म भएका तयारीबारे पनि जानकारी दिईने जनाईएको छ । स्रोतका अनुसार निर्वाचनबारे छलफलमा भाग लिन भनेर दलका केहि प्रतिनिधि आयोगमा पुगिसेका छन् ।