Logo
Logo

कोरोनाको जोखिममा पनि बाहिरिए ७२ हजार नेपाली श्रमिक


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, ५ माघ । कोरोना भाईरस संक्रमण जोखिमकाबीच पनि नेपाली कामदारहरुले विदेशमा काम गर्न जान बाध्य भएका छन् । स्वदेशमै रोजगारीको अवसर नपाएपछि यस्तो संक्रमणको अवस्थामा पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।

विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरे पनि त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको आजको आर्थिक अभियान दैनिकले यो खबर छापेको छ ।

विदेशबाट नेपाल फर्किएका र नेपालमै रहेका युवाहरू वैदेशिक रोजगारी गएका हुन् । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष आवको ५ महीनासम्मको तथ्यांक र वैदेशिक रोजगार विभाग पुस महीनाको तथ्यांक जोड्दा चालू आवको ६ महीनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा गएको समाचारमा उल्लेख छ । त्यसमा ३० हजार ८३७ जना कामदार नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । यस्तै, ४१ हजार ५२९ जना पुनः श्रमस्वीकृति अर्थात् बिदामा आएर श्रमगन्तव्य मुलुकमा गएको देखिन्छ ।

समाचार अनुसार वैदेशिक रोजगार विभागका प्रवक्ता टीकाराम नेउपानेले रोजगारका सम्बन्धमा सरकारबाट विशेष स्कीम नआउँदा कोरोना विपद्मा पनि नेपालीहरू विदेशिन बाध्य भएको बताए । ‘कोरोना विपद् शुरू हुँदा विदेशमा नेपालीहरूले रोजगार गुमाउन थालेपछि सरकारले नेपालमै रोजगारी दिने आश्वासन देखायो । तर, त्यसमा उपलब्धि केही भएन,’ उनले भने, ‘त्यसमाथि अहिले राजनीतिक अस्थिरता आएको छ । त्यसको असरले पनि यस परिस्थतिमा नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।’

प्रतिक्रिया दिनुहोस्