Logo
Logo

आगामी तीन दिनको मौसम पुर्वानुमान, यी स्थानमा वर्षा हुनसक्ने


- दृष्टि न्युज/संवाददाता

4.2k
Shares

काठमाडौं, ५ माघ । आगामा तीन दिनको मौसम पुर्वानुमान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको छ । महाशाखाले जारी गरेको मौसम विवरणमा हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको उल्लेख छ । यसैगरी, हाल देशका विभिन्न स्थानहरु प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको पुर्वानुमान छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
सोमबार
दिउँसोः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशका पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

मंगलबार
दिउँसोः प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार
दिउँसोः प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्